यो साता शेयर बजारमा हरियाली, बिहीबार १३.०४ अंकको वृद्धि

यो साता शेयर बजारमा हरियाली, बिहीबार १३.०४ अंकको वृद्धि

काठमाडौं । लगातार ओरोलो लागेको शेयर बजार परिसूचक (नेप्से) यो साताभरि नै बढेको छ । नेप्सेमा यो साता हरियाली छाएको छ । यसले गर्दा लगानीकर्ताहरु उत्साहित बनेका छन् । 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । 

ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ परिसूचक पनि  ०.४७ प्रतिशतले बढेको हो ।

कूल २२२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । रिडी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ ।