देशभर ६७२ नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

देशभर ६७२ नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर विधिबाट ७ हजार १६७ नमूना र एन्टीजेन विधिबाट २ हजार ३२८ नमूना परीक्षण गर्दा क्रमशः ५८२ र ९० जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै सोही समयमा देशभर ४ सय ९५ जना कोरोनामुक्त भएका छन् ।  

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको हो । 

हाल नेपालमा १०हजार ३७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।