शेयर बजार बढ्यो, ६ अर्ब ६१ करोडको कारोवार

शेयर बजार बढ्यो, ६ अर्ब ६१ करोडको कारोवार

काठमाडौं । बुधवार शेयर बजार परिसूचक (नेप्से) १८.०६ अंकले वृद्धि भई २७६९.१३ विन्दुमा पुगेको छ । 

त्यसतै आज ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ परिसूचक पनि ०.४९ अंकले बढ्दै ५१६.५६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक गत आइतबार २६.९६ र सोमबार ८७.६३अंकले वृद्धि भएको थियो ।

पछिल्लो चार दिनमा मात्रै नेप्से परिसूचक २११.४७ अंकले वृद्धि भएको छ ।

आज ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँ बराबरको कारोवार भएको छ । 

कुल २ सय २८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । 

यस दिन ९ समूहको शेयर सूचक वृद्धि भएको छ भने ४ समूहको सूचक घटेको छ ।

सबैभन्दा बढी होटेल तथा पर्यटन, फाइनान्स र हाइड्रोपावर समूह बढेका छन् । सबै समूहमा हरियाली छाएको छ ।