काठमाडाैं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार २३५ मा कारोबार भएको थियो ।