उपनिर्वाचनको घोषणा गर्ने तयारीमा सरकार, एमालेलाई 'देखाइदिने' गठबन्धनको रणनीति

उपनिर्वाचनको घोषणा गर्ने तयारीमा सरकार, एमालेलाई 'देखाइदिने' गठबन्धनको रणनीति

काडमाडाैं । आगामी तीनै तहको निर्वाचनसम्म सत्ता गठबन्धनलाई कायमै राख्ने तयारीमा रहेका सत्तारुढ दल उपनिर्वाचनलाई लिएर उत्साही छन् ।  सरकारले केही दिनभित्रै उपनिर्वाचन घोषणा गर्ने तयारी गरेको छ। संघीय संसदका चार र प्रदेश सभाका १८ गरी २२ सांसदको पद रिक्त छ। निर्वाचन आयोगले उपनिर्वाचन गर्न ९० दिन आवश्यक हुने जानकारी सरकारलाई दिइसकेको छ। त्यस हिसाबले हेर्दा आगामी माघसम्ममा उपनिर्वाचन हुने देखिन्छ। 

यो उपनिर्वाचनले आगामी आम चुनावको नतिजाको संकेत त गर्नेछ। त्यसभन्दा बढी सत्तारुढ पाँच दलबीच चुनावी गठबन्धन हुन्छ हुँदैन, यही उपनिर्वाचनले स्पष्ट गर्नेछ। नेपाली कांग्रेसले सबै क्षेत्रमा एक्लै चुनाव जित्न सक्ने आकलन गरिसकेको छ। सकभर एक्लै चुनाव लड्ने पार्टीको जोड रहेको कांग्रेस नेताहरु बताउँछन्।  

प्रदेश र संघीय संसदमा कांग्रेसले जितेका कुनै पनि स्थान रिक्त छैन। त्यसैले उपनिर्वाचनमा मरिमेट्नुपर्ने दबाब कांग्रेसलाई छैन।  गठबन्धनमा रहेकामध्ये नेकपा माओवादी केन्द्रले जितेको ४ संघीय सांसद र ८ प्रदेश सांसदको पद रिक्त छ। एमालेबाट जितेका ७ प्रदेश सभा सिट रिक्त छ।

त्यस्तै, जसपाका ३ र राष्ट्रिय जनमोर्चाको १ प्रदेश सांसद पद रिक्त छन्। त्यसैले यी दलहरु उपनिर्वाचनमा जित्नैपर्ने दबाबमा छन्। एमाले भरखरै भएको विभाजनले केही असर नपरेको देखाउन पनि एक्लै चुनाव लड्ने मनस्थितिमा छ। 

अन्य दल एक्लै चुनावमा होमिने पक्षमा देखिँदैनन्। त्यसमाथि फागुन २० देखि राष्ट्रिय सभा सदस्यको १९ पद रिक्त हुँदैछ। पदमुक्त हुनुभन्दा ३५ दिन अगावै पदपूर्तिको व्यवस्था गर्नुपर्ने बाध्यकारी कानुन छ।  यस्तो अवस्थामा अहिले चासोको विषय बनेको छ– उपनिर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बन्लारु कुनकुन दलले गठबन्धन गर्लान्रु

अर्को वर्ष हुने आम चुनाव र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन कायम राख्ने गठबन्धनको तयारी छ । उपनिर्वाचनमा एमालेलाई शुन्य सिटमा सिमित गरेर उस्को वास्तविबता देखाउने रणनीतिमा सत्ता गठबन्धन रहेको छ ।