जेन-जी केन्द्रको अवधारणापत्र सार्वजनिक

जेन-जी केन्द्रको अवधारणापत्र सार्वजनिक

काठमाडौं। ‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेन–जी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ। आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अवधारणापत्र सार्वजनिकीकरण गरिएको हो।

जयश्वर विकले जेन–जी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजानेगरी जेन–जी आन्दोलनलाई पुनर्गठन पर्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताए। उनले जेन–जी केन्द्रले विद्रोहको पृष्ठभूमि, वस्तुगत कारणहरु, विद्रोहले दिएको सन्देश र अबको बाटोकारे स्पष्ट धारणा राखेको बताए।

जेन–जी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेन–जी केन्द्र गठन भएको बताइएको छ। भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी शान्तिपूर्ण ढंगले भदौ २३ गते शान्तिपूर्ण विद्रोह गर्दा २४ गतेको आन्दोलन हुन पुगेको बताइएको छ।