आलमको निधनमा तीन दिनसम्म पार्टीकाे झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

आलमको निधनमा तीन दिनसम्म पार्टीकाे झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज (शनिबार) कार्यवहाक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकल आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी यस्तो निर्णय गरेको हो ।

यो सागै कांग्रेसको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा कात्तिक २२, २३ र २४ गते पार्टी झण्डा आधा झुकाइने भएको छ भने कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्नेसमेत निर्णय भएको छ ।

पूर्व मन्त्री एवं रौतहट कांग्रेसका पूर्व सभापति आलमको ६३ वर्षको उमेरमा गएराति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।