मंसीरदेखि न्यूनतम २० युनिट बिजुली निःशुल्क

मंसीरदेखि न्यूनतम २० युनिट बिजुली निःशुल्क

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले उपभोक्ताले यही मंसीरदेखि न्यूनतम २० युनिट बिजुली निःशुल्क उपभोग गर्न पाउने बताएकी छिन् । 

मंगलबार काठमाडौँमा महिन्द्रा कम्पनीको विद्युतीय अटो सार्वजनिक कार्यक्रमममा बोल्दै मन्त्री भुसालले यस्तो जानकारी दिएकी हुन् ।

अब घरायसी प्रायोजनमा उपभोक्ताले २० युनिटसम्म विद्युत निःशुल्क हुने मन्त्री भुसालले बताईन् । त्यस्तै आन्तरिक खपत र सिँचाईमा घटेको नयाँ महशुलदर लागु गर्ने पनि उनले बताएकी छिन् ।

विद्युत्को आन्तरिक खपत बढाउन विद्युतीय सवारी साधनमा प्रयोग हुने विद्युत् समेत सहुलियतमा उपलब्ध गराउने भन्दै विद्युतीय साधन तथा उपकरणको प्रयोगले  व्यापार घाटालाई कम गरी देशको अर्थतन्त्रलाई मजबुद पान मद्धत पुग्ने बताईन् ।