काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएसनले देशव्यापी आन्दोलन चर्काउने भएको छ ।
गठबन्धन सरकारमा मन्त्रीको भाग खोजेको आरोप लागेका प्रधानन्यायाधीका कारण न्यायालय नै धुमिल हुने स्थिती भएको बारको ठहर छ ।
मंगलबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्न सल्लाहकार समितिका सदस्यहरुले सुझाव दिएका थिए ।
बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जना प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने पक्षमा छन् ।
त्यस्तै बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् । बैठकमा प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालयमा भएका गलत कामको छानबिन नभएसम्म बहस नगर्ने उनीहरुले धारणा राखेका हुन् ।