कोरोना अपडेटः ६६६ नयाँ संक्रमित थपिए, ११ जनाको मृत्यु

कोरोना अपडेटः ६६६ नयाँ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६६ कोरोना भाइरस ‘कोभिड–१९’ का नयाँ संक्रमित फेला परेका छन् । 

देशभर ९ हजार ७ सय ७१ मा पिसिआर परिक्षण गर्दा ५ सय ६९ जनामा र २ हजार २ सय ४९ जनामा गरिएको एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही अवधिमा ६ सय २२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेका संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ । 

मंगलबारसम्म नेपालमा १० हजार २९३ जना सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।