नेप्सेमा ७८.८२ अंकको सुधार, ६ अर्ब ३१ करोडको कारोबार

नेप्सेमा ७८.८२ अंकको सुधार, ६ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक (नेप्से) ७८.८२ अंकले बढेको छ। लगातार तीन दिनदेखि सकारात्मक सुधार हुँदै आएको नेप्सेमा सोमबार २६७८.८६ मा बन्द भएको थियो भने मंगलबार २७५१.०७ बिन्दुमा पुगेर रोकिएको छ । 

आज २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

सबैभन्दा बढी होटेल तथा पर्यटन, फाइनान्स र हाइड्रोपावर समूह बढेका छन् । सबै समूहमा हरियाली छाएको छ ।