शेयर बजारमा ८७ अंकको सुधार, दशैपछिकै सर्वाधिक काराेवार

शेयर बजारमा ८७ अंकको सुधार, दशैपछिकै सर्वाधिक काराेवार

काठमाडौं । साताको दोस्रो दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७ अंकले बढेकोमा सोमबार परिसूचक ८७.६३ अंकले बढेको हो । यो वृद्धिसँगै आज नेप्से बढेर २६७२.२५ अंकमा बन्द भएको छ । 

यस्तै आज ‘क’ वर्गका ठूला कम्पनीहरुको नेप्से पाक सेन्सेटिभ इन्डेक्स समेत १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा पुगेको छ । 

आज कूल २२९ वटा कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर ५३ हजार ७९२ पटक किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको कारोवार भएको छ । सम्भवतः याे दशैपछिकै सर्वाधिक काराेवार रकम हाे ।

लगातार अाेरालाे लागेकाे शेयर बजारमा नेप्से सुधातिर लागेकाे देख्न सकिन्छ ।