नेप्सेमा २७.५१ अंककाे वृद्धि

नेप्सेमा २७.५१ अंककाे वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन २७.५१ अंकले बढेको छ । योसँगै परिसूचक २५८४ अंकमा कायम भएको छ ।

कुल २ अर्ब ७७ करोड २४ लाख २० हजार रुपैयाँको सेयर कारोवार भएको यस दिन  ट्रेडिङबाहेक अन्य सबै उपसमूहको सूचक बढेका छन् ।

आइतबार ८ लाख १८ हजार २८ शेयर कित्ता किनबेच भएको छ । कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

ब्यापार उपसमूह २० अंकले घट्यो । सोबाहेक अरु सबै उपसमूह बढेका छन् । बैंकिङ ६, होटल तथा पर्यटन ४३, विकास बैंक ७२, जलविद्युत ६५, फाइनान्स ८९, निर्जीवन बीमा ३९ र जीवन बीमा उपसमूह ६७ अंकले बढे । त्यस्तै उत्पादन १०५, अन्य ५५ र लघुवित्त उपसमूह ५३ अंकले बढेका छन् ।