कोरोना अपडेटः ५१३ नयाँ संक्रमित थपिए, आठको मृत्यु

कोरोना अपडेटः ५१३ नयाँ संक्रमित थपिए, आठको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ।

दृेशभर ४ हजार ९ सय ७२ मा पिसिआर विधिबाट परिक्षण गर्दा ४ सय ३८ जनामा र १ हजार ९ सय ५९ एन्टीजेन विधिबाट परिक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।्र

त्यसतै सोही समय थप ८१७ जना निको भएका छन् । ​योसँगै निको हुनेको सङ्ख्या ७ लाख ८६ हजार ६८० पुगेको छ । 

निको हुने दर ९७.३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३४५ पुगेको छ । 

त्यसै गरी पछिल्लो समय ६३ हजार ७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।