आज कतिमा भैरहेछ सुन चाँदीको कारोबार ?

आज कतिमा भैरहेछ सुन चाँदीको कारोबार ?

काठमाडौं । पछिल्लो समय उकालो लागिरहेको सुनको मूल्य  शुक्रबार भने  स्थिर रहेको छ । आज चाँदीको मूल्य भने घटेको छ ।

छापावाल सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँमा स्थिर छ भने चाँदीको भाउ तोलाको १२ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको भाउ तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।