इच्छाराज तामाङलाई १८ दिन थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु

इच्छाराज तामाङलाई १८ दिन थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु

काठमाडौं । सहकारीमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद एवं सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई १८ दिन थप गरी हिरासतमै राखेर अनुसन्धान थालिएको छ । 

जिल्ला अदालत काठमाडौबाट अनुमति लिई उनलाई १८ दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिउको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

यसअघि प्रहरीले सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाएको भएपनि ठगी गरेको रकम धेरै भएको र पीडितको संख्या पनि बढ्दै गएकाले संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको व्युरोले जनाएको छ । 

तामाङविरुद्ध अरबौ रकम ठगी गरेको ११२६ जना पीडितले सिआइबीमा लिखित उजुरी दिएका थिए । उनीमाथि ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रुपैयाँ हिनामीना गरेको आरोप छ। 

ठगी र रकम हिनामिनाको आरोपमा दुई हप्ता अगाडि तामाङसहित १२ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान थालेको हो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपउनीहरु असोज २४ पक्राउ परेका हुन् । एक हजार देखि एक करोडसम्म सहकारीबाट उनीहरुले ठगेको उजुरीमा उल्लेख छ । प्रक्राउ परेका धेरैजसो सिभिल सहकारीका कर्मचारी रहेका छन् ।