नेप्सेमा झण्डै १५ अंकको गिरावट

नेप्सेमा झण्डै १५ अंकको गिरावट

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से हिजो बुधबार भने रोकिएको थियो । बुधबार ६० अंकले सुधारिएको नेप्से आज फेरि १४.७ ले ओरालो लागेको छ । 

बिहीबार १४.७ अंकले ओरालो लागेको नेप्से २५५६.९५ विन्दुमा अडिएको छ । यस दिन २१६ कम्पनीको जम्मा ६१ लाख कित्ता सेयर कारोवार भएको छ ।

यस दिन २अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ । सुरुवाती समयमा नेप्से उकालो लागेर २५ सय ८४ को उचाई पुगेको थियो । 

जीवन बीमा र उत्पादनमूलक समूह दुबै सय अंक बढीले झर्दा अरु पनि अधिकांश समूह दोहोरो अंकले आरोलो लागेको हो ।