मानिसको शरीरमा सुँगुरको मिर्गाैला प्रत्यारोपण

मानिसको शरीरमा सुँगुरको मिर्गाैला प्रत्यारोपण

एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरुले मानिसको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपणको सफल परीक्षण गरेका छन् । उक्त मिगौलाले दुई दिनसम्म काम गरेको जनाइएको छ । 

अमेरिकी एनवाईयु लंगोनी हेल्थका सर्जनहरूले मस्तिष्क मृत भएकी एक महिलाको शरीरमा सुँगुरको मिर्गौला परीक्षण गरेका थिए । उक्त मिर्गौलाले दुई दिनसम्म फोहर छानेर पिसाब उत्पादन गरेको उनीहरूले बताएका छन् । 

यद्यपि, यो मिर्गौला भने आनुवंशिक सम्पादन अर्थात् जिन(सम्पादन गरिएको सुँगुरबाट लिएको थियो । 

परीक्षणमा संलग्न मिनेसोटा विश्वविद्यालय मेडिकल स्कुलका डा. एन्ड्रयू एडम्सले प्रत्यारोपण सफल भएको बताएका छन् । 

सुँगुरहरूलाई मानिसको अङ्ग प्रत्यारोपणका लागि हेरिँदै आएको छ । तर, उनीहरूको कोसीकामा हुने सुगरका कारण मानिसको शरीरले सुँगुरको अङ्ग अस्वीकार गर्छ ।

विश्वभर लाखौँ मानिसहरू मिर्गौला प्रत्यारोपणका लागि पर्खिरहेको अवस्थामा आउँदा वर्षमा यो क्षेत्रको सफलतालाई बिशेषरुपमा हेरिएको छ ।