कोरोना अपडेटः ६६२ नयाँ थपिए, १३ जनाको मृत्यु

कोरोना अपडेटः ६६२ नयाँ थपिए, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस ‘कोभिड १९’ ६ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । 

देशभर गरिएको पिसिआर विधिबाट ७ हजार २२ जनामा परिक्षण गर्दा ५ सय ३५ जनामा र एन्टीजेट विधिबाट १ हजार ४ सय ४ जनामा गरिएको परिक्षणका क्रममा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ । 

त्यस्तै सोही समयमा देशभर ७५८ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८४ हजार १ सय ५५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल देशभर ११ हजार ५ सय ७९ सक्रिय संक्रमित आइशोलेशन र २२७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।