६० अंकले बढ्यो नेप्से

६० अंकले बढ्यो नेप्से

काठमाडौं । लगातार दुई दिन भारी अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज ६०  दशमलव ५६ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ६६ विन्दुमा बन्द भएको छ । 

आज दुई सय १७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाबाहेक सबैको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंक समूहको एक सय ४१, व्यापारको ९०, होटलको ९२, फाइनान्सको एक सय २१ र माइक्रोफाइनान्स समूहको शेयर ९९ अङ्कले बढेको छ । 

यस्तै जलविद्युत् समूहको शेयर एक सय आठ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८, उत्पादन समूहको एक सय २२ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ । 

सबैभन्दा बढी मैलुङ खोला हाइड्रो, आँखु खोला जलविद्युत्, युनिभर्सल पावर कम्पनी, सीईडीबी हाइड्रो र नेशनल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

आज ६१ लाख १ हजार कित्ता शेयरको कारोवार भएको छ । आज जम्मा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै कारोवार भएको नेप्सेले जनाएको छ ।