आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।  महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ पुगेको छ। चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी तथा रत्न आभूषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको कारण मङ्गलबार सुनचाँदीको मूल्य तोकिएको थिएन ।