ब्याजदरको प्रभाव नेप्सेमा, १०० भन्दा बढी अंक घट्यो

ब्याजदरको प्रभाव नेप्सेमा, १०० भन्दा बढी अंक घट्यो

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेप रकममा व्याजदर बढाएपछि त्यसको असर नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा देखिएको छ । बैकहरुले कात्तिक १ गतेदेखि लागु हुने गरी बैंकको व्याजदर बढाएका थिए ।

नेप्सेमा हिजोबाट ओरालो लागेको छ । उसोतः नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसाे घटिरहेकाे  थियाे । यस्ताे अवस्थामा वाणिज्य बैंकहरुले निक्षेपमा व्याजदर बढाएपछि त्यसकाे प्रभाव शेयर बजारमा परेकाे हाे । 

हिजो पनि घटेको नेप्से आज १०० अंक बढीले घट्न पुगेको हो । शेयर बजार मध्यान्न सम्मको कारोवारमा १०० अंकभन्दा बढीको गिरावट आएको नेप्सेमा बन्द हुने बेला भने ७७ अंक घटेर बन्द भएको छ ।

 नेप्से ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा अडिएको छ ।

३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कूल २२१ वटा कम्पनीकाे ९५ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६ सय ६६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज बजार खुलेदेखि नै निरन्तर घटेको शेयर साढे १ बजे नेप्से परिसूचक २४८३ मा झरेको थियो । बैंकहरुले अस्वस्थ हिसाबले ब्याजदर बढाउन थालेपछि त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको हो । 

दशैं पछिको पहिलो दिनको कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेता पनि हिजो देखि लगातार नेप्सेमा गिरावट आउन थालेको हो ।