कोरोना अपडेटः ५९१ जना नयाँ संक्रमित थपिए, ९३७ जना संक्रमणमुक्त

कोरोना अपडेटः ५९१ जना नयाँ संक्रमित थपिए, ९३७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ५९१ जनामा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ । 

पिसिआर विधिबाट ७ हजार ६ सय ५४ जनामा र परिक्षण गर्दा ५ सय २३ जनामा र एन्टीजेन विधिबाट २ हजार ४३ जनामा परिक्षण गर्दा ६८ जनामा गरी जम्मा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ ।

सोही समयमा देशभर ९ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् । जसमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा, १ हजार २७ जना संस्थागत आइसोलेसनमा र २८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।