नवलपुरमा बस दुर्घटना, ४२ घाइते

नवलपुरमा बस दुर्घटना, ४२ घाइते

नवलपरासी । नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज विहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट  काठमाडौँका लागि छुटेको लु१ख ९४७६ नम्बरको बस दुर्घटना भएकाे हाे । 

गुडिरहेको बस अनियन्त्रित भई मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको उपरिक्षक गिरीले जानकारी दिए ।