सार्वजनिक सवारी साधनमा आजदेखि भाडादर वृद्धि

सार्वजनिक सवारी साधनमा आजदेखि भाडादर  वृद्धि

काठमाडौं । आजदेखि लागु हुनेगरी सार्वजनिक सवारी  साधनमा भाडादर वृद्धि गरिएको छ । नयाँ भाडादर कायम गरिएसँगै बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय आजबाट लागु गर्ने जनाएको छ ।

यसअघि असोजमै मन्त्रालयले कात्तिक १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर लागु गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट लागु हुने गरी सार्वजनिक यातायातमा भाडादर वृद्धि गरिएको हो । 

मन्त्रालयले उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ । जसअनुसार न्यूनतम १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ भने त्यो ५ किलोमिटर दूरिसम्मका लागि लागु हुनेछ । त्यस्तै १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटर भन्दामाथि ३५ भाडादर कायम गरेको छ । 

प्रदेश सरकारले उपत्यका बाहिरका हकमा भने साविकको भाडादरमा २३ प्रतिशतले वृद्धि गरेको छ ।