६९ अंकले घटेको शेयर सबै समूह राताम्मे

६९ अंकले घटेको शेयर सबै समूह राताम्मे

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ६८.९ अंकले घटेको छ । आज नेप्से घटेर २ हजार ५ सय ८८ विन्दुमा बन्द भएको छ । साताको दोस्रो दिन सोमबार नेप्सेका सबै समूहहरु राताम्मे भएका छन् ।

आज सबै समूहको शेयर घटेको छ । दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा आज १० वटाबाहेक सबैको शेयरको मूल्य घटेको हो ।

सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ । 

आज ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन् ।  आज बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर १०२ अंकले घटेको छ । 

त्यस्तै उत्पादन समूहको शेयर १ सय ७७ अङ्कले, जीवन बीमा समूहको ३ सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।