काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि घरमै अक्सिजन दिएर उपचार गरिएको भएपनि शनिवार एक्कासी दम बढेपछि उनलाई श्वास फेर्न गाह्रो भएको र अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको परिवारले जनाएका छन् ।