सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ घाइते, दुईको अवस्था गम्भिर

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ घाइते, दुईको अवस्था गम्भिर

काठमडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलो नजिक दुर्घटना भएको छ । बा २ ख ३२६४ नम्बरको बस आइतवार दिउँसो दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

बसमा चालक, सहचालक गरी ३५ जना रहेको उक्त बसमा दुर्घटनाका कारण सबै जना घाइते भएको प्रहरीले जनाएको छ । जसमध्ये दुई जनाको अवस्था गम्भिर रहेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालामा उपचार भइरहेको उनले बताए । 

‘रिजर्भमा हिँडेको उक्त बस के कति कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।