सुमो दुर्घटनामा २ जनाको मृत्यु

सुमो दुर्घटनामा २ जनाको मृत्यु

हेटौडा । काठमाडौंबाट वीरगञ्ज जाँदै सुमो जीप हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा दुर्घटना भएको छ । आज दिउँसो भएको दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

१० जना सवार ना१ज ४५११ नम्बर जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट उद्धार गरी ४ जनालाई हेटौंडा अस्पताल, ४ जनालाई काठमाडौं सानेपास्थित स्टार हस्पिटल र २ जनालाई पाटन अस्पताल पठाइएको थियो ।

गम्भिर घाइते भएका पाटन अस्पताल पठाइएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतकहरूको सनाखत भने भइसकेको छैन ।