दशैको दोस्रो दिन काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

दशैको दोस्रो दिन काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं । बडादशैं ‘विजयादशमी’को दोस्रो दिन आज काठमाडौं उपत्यकामा मानिसको चहलपहल बढेको छ । दशैको टिकाको दिन प्रायः सुनसान रहेको काठमाडौं पत्यकामा आज दोस्रो दिन भने मानिसको चहलपहल बढेको हो ।

हिजो दशैको टिका लगाउन सुरु गरेपछि आज देस्रो दिन पनि सर्वसाधारणहरु आफन्त तथा मान्यजनबाट टीका लगाउन हिड्नेको बाक्लो चहलपहल देखिन्थयो ।  

यो पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ ।

उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसलहरु खुलेका छन् । त्यसतै फुतपाथ व्यापारीहरु पनि सडकमा देखिन्थे भने टिका लगाउन जाने सर्वसाधारणलाई विक्री गर्ने उद्देश्यले फलफल पसलहरु पनि खुलेका छन् । चोक चोकमा साइकल तथा ठेगाहरुमा पनि फलफुलहरु बेच्न राखिएको भेटिन्छन् । 

विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ ।