अनसनरत अधिकारकर्मी रुबी खान अस्पताल भर्ना

अनसनरत अधिकारकर्मी रुबी खान अस्पताल भर्ना

काठमाडौँ । न्याय माग्दै विगत ८ दिनदेखि आमरण अनसनरत  महिला अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । 

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा निष्पक्ष छानविनको माग गर्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।

प्रहरीले उनलाई पक्राउ गरी बाँके नै पठाएको थियो । पछि सर्वाेच्च अदालतको आदेशपछि रिहाई भएकी थिइन् । उनले प्रहरी हिरासतबाटै अनसन सुरु गरेकी थिइन् ।