आज पनि मान्यजनबाट टीका तथा जमरा लगाइँदै

आज पनि मान्यजनबाट टीका तथा जमरा लगाइँदै

काठमाडौं । नेपाली हिन्दू धर्मालम्बीहरुको महान् चाड बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका तथा जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ।विजया दशमीपछि पाँच दिनसम्म टीका लगाउने परम्पराअनुसार  आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई धुमधामका साथ दशैं मनाइँदै छ।

विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाले आज टीका लगाउँदै छन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ।