कोरोना अपडेटः ४५५ जना नयाँ थपिए, ८०४ जना संक्रमणमुक्त

कोरोना अपडेटः ४५५ जना नयाँ थपिए, ८०४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ४५५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।३ हजार ४ सय १८ पिसिआर परिक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही समयमा कोरोना जित्नेको संख्या ८०४ जना रहेका छन् । याेसँगै नेपालमा ७ लाख ७९ हजार १ सय ५४ संक्रमित निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।  हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।