सवारी दुर्घटनाका घाइतेहरू उपचार सरकारले गर्ने

सवारी दुर्घटनाका घाइतेहरू उपचार सरकारले गर्ने

काठमाडौं । दशै भित्रिएसँगै कास्की मुगु लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनाका घाइतेहरुको उपचार सरकारले निःशुल्क रुपमा गराउने भएको छ । 

प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा एक विज्ञप्ति जारी गरी दुर्घटनाका घाइतेहरुको उपचार खर्च निःशुल्क रुपमा मिलाउने जनाएको हो । त्यस्तै घटनामा मृतकका परिवारलाई राहतको व्यवस्था गरिने तथा काजकिरिया खर्चको व्यवस्था गरिने पनि विज्ञप्तिमा उल्लेख छ । 

दुइ दिनयता कास्की र मुगुमा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन्र ।