पलाञ्चोक भगवतीमा पूजा गर्न हेलिकप्टर चढेर काभ्रे जाँदै राष्ट्रपति भण्डारी

पलाञ्चोक भगवतीमा पूजा गर्न हेलिकप्टर चढेर काभ्रे जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाँदैछिन् । पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ ।  राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज बडादशैंको महाअस्टमी परेकोले देशभरका शक्तिपीठमा दर्शनार्थीहरुको भीड लागेको छ ।