मुगु जाँदै गरेको बस दुर्घटना, २२ जनाको मृत्यु

मुगु जाँदै गरेको बस दुर्घटना, २२ जनाको मृत्यु


मुगु । नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भे १ ख ६७ नम्बरको बस छायानाथ रारा गाउँपालिकास्थित पिनागाउँमा दुर्घटना भएको हो। अहिले घाइतेहरुको उद्दारकार्य जारी छ।

प्रहरीले घाइतेहरुलाई अस्पताल पुर्याइरहेका छन् । दुर्घटनाको कारण खुलिसकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ।