पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या हल हुन्छः प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या हल हुन्छः प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडै नै हल हुने बताएका छन् । निर्माणाधिन विमानस्थलमा उडानका लागि अवरोधका रुपमा रहेको रिठ्ठेपानी डाँडा कटानलाई निरन्तरता दिन उनले निर्देशन दिएका छन् । 

विमानस्थल अवलोकनका लागि सोमबार त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले रिठेपानी कटान नरोक्न विमानस्थल निर्माणका लागि आवश्यक ३४ कराेड रूपैयाँ संङ सरकारले बजेट छुट्याउने समेत जानकारी दिए । 

प्रधानमन्त्री देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थल निर्माणमा अहिलेसम्मको प्रगति र समस्याबारेमा जानकारी गराएका थिए । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०२२ जनवरी १ देखि आन्तरिक र २०७९ वैशाख १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ ।