आज पनि नेप्से घट्यो, ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार

आज पनि नेप्से घट्यो, ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । साताको पहिलो दिन आइतवार १८ अङ्कले घटेको नेप्से आज पनि घटेको हो ।  सोमवार २३ दशमलव १९ अङ्कले घटेर २६३९ दशमलव ३७ विन्दुमा कारोबार बन्द भएको हो । 

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले गिरावट आएको छ । 

आज २ सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर किनबेच भएका हुन् । आज जम्मा ३ अर्ब ६३ करोड ९४ लाख रुपैयाँको कारोबार  भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।