आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोला ९० हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला ११७० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।