काठमाडौं । पछिल्लो दुई सातायता डलरको मूल्य निरन्तर बढेको छ । आज डलरको मूल्य १२०.२७ कायम भएको छ ।
विश्व अर्थतन्त्रमा ऊर्जाको मूल्य बढ्न थालेपछि त्यसको प्रभाव डलरमा पर्न गएको बताइन्छ । त्यस्तै कोरोनाका कारण थिलथिलो बनेको अमेरिकी अर्थतन्त्र चालायमान हुन थालेपछि रोजगारी सृजना भइरहेको विष्लेषणका कारण पनि डलरको मूल्य बढेको बताइन्छ ।
अमेरिकी डलर ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । गत असारमा १२०.३२ कायम भएको डलरको मूल्य घटेर ११६.२१ मा झरेको थियो ।