एमालेको अडानका कारण लुम्बिनी प्रदेश सभाको बैठक स्थगित, ४ बजे पुनः बस्ने

एमालेको अडानका कारण लुम्बिनी प्रदेश सभाको बैठक स्थगित, ४ बजे पुनः बस्ने

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक आज अपरान्ह ४ बजेसम्मका लागि स्थगित बनेको छ । बैठक सुरु भएलगत्तैप्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको थियो । 

एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने घोषणा गरेका छन् ।  सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरू गर्ने बित्तिकै नारावाजीमा उत्रिएको एमालेका कारण बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेको नाराबाजीकै बीच पनि मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्ली बहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार सम्बन्धी विद्येयक प्रस्तुत गरेका छन् । सहमतिबाट बजेट पारित हुने नदेखेपछि मुख्यमन्त्री चौधरीले अध्यादेशमार्फत बजेट ल्याएका हुन् । 

आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो । ४ बजे पुनः बस्ने बैठकमा आर्थिक मामिलामन्त्री कृष्णज्वज खड्काले बजेट पेस गर्नेछन् ।