कोरोना संक्रमण घट्यो, देशभर १६ हजार ६०६ जना सक्रिय सङ्क्रमित

कोरोना संक्रमण घट्यो, देशभर १६ हजार ६०६ जना सक्रिय सङ्क्रमित

देशभर हालसम्म १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार मङ्गलबारसम्म ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ छन् । 

जसमध्ये प्रदेश १ का मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशका काठमाडौं,भक्तपुर र ललितपुर तथा गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको रुपन्देही छन् ।

हालको तथ्याङ्कमा बाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेका पाईएको छ भने सूद्रपश्चिममा सबैभन्दा कम सङ्क्रमित रहेको पा०एको छ ।बाग्मती प्रदेशमा पाँच हजार ९१७ संक्रमित छन् भने सूदुरपश्चिम प्रदेशमा ७११ जना संक्रमितर रहेको अधिकारीले बताए ।

प्रदेश १ मा दुई हजार ७८८ सङ्क्रमित  छन् । जस अन्तर्गत ईलाममा १३१,उदयपुरमा २३ ,ओखलढुङ्गामा २३ खोटाङमा ६६, झापामा ६५५, ताप्लेजुङमा ४२ , तेह्रथुममा ४७ , धनकुटामा ९१, पाँचथरमा ४५, भोजपुरमा ७६, मोरङमा ७५२ संखुवासभामा ६६ सुनसरीमा ६७८ र सोलुखुम्बुँमा ९३  छन् ।

प्रदेश २ मा एक हजार २३० जना सङ्क्रमित छन् । जसमध्ये धनुषामा ३१२,पर्सामा ८९,बारामा १९३, महोत्तरीमा ७७,रौतहटमा ३१, सप्तरीमा २३४, सर्लाहीमा ८० र सिराहामा २१४ सङ्क्रमित  छन् ।

यस्तै, बाग्मती प्रदेशमा पाँच हजार ९१७ सङ्क्रमित छन् । जसअन्तर्गत काठमाडौंमा दुई हजार २९४,काभ्रेमा ३०६, चितवनमा २५९, दोलखामा ८९, धादिङमा १४८, नुवाकोटमा २२१, भक्तपुरमा ७०६, मकवानपुरमा ४६९,रसुवामा ९, रामेछापमा ५८, ललितपुरमा ८१६, सिन्धुपाल्चोकमा २८९ र सिन्धुलीमा २५३ सङ्क्रमित छन् ।

गण्डकी प्रदेशमा दुई हजार ९२८ सङ्क्रमित छन् । जसमध्ये कास्कीमा एक हजार १०६ , गोरखामा २३७, तनहुँमा २५५ नवलपरासी पूर्वमा ३२४,पर्वतमा २०२, मनाङ्मा ७, मुस्ताङ्मा ४, म्याग्दीमा २०, लमजुङ्मा १६० , बाग्लुङ्मा ३२४ र स्याङ्जामा २८९ छन् ।

लुम्बिनी प्रदेशमा दुई हजार २०४ सङ्क्रमित छन् । जस अन्तर्गत अर्घाखाँचीमा १४७ कपिलवस्तुमा ७४ गुल्मीमा १९३ दाङ्मा २४७, नवलपरासीमा ८५,पाल्पामा २०१, प्यूठानमा १६,बर्दियामा १८९, बाँकेमा २९९, रुकुम पूर्वमा ४४, रुपन्देहीमा ६२१ र रोल्पामा ९२ छन् ।

कर्णाली प्रदेशमा ७४८ सङ्क्रमित छन् ।जसअन्तर्गत कालिकोटमा ३२, जाजरकोटमा ११,जुम्लामा १७६, डोल्पामा ८,दैलेखमा १३१, मुगुमा चार, रुकुम पश्चिममा ३५,सल्यानमा ३९, सुर्खेतमा ३०६ र हुम्लामा छ छन् ।

यस्तै, सूदुरपश्चिम प्रदेशमा ७११ जना सक्रिय सङ्क्रमित छन् । जसअन्तर्गत अछाममा ८,कञ्चनपुरमा १५८,कैलालीमा ४२८, डडेल्धुरामा ८८,डोटीमा ५०,दार्चुलामा १४, बझाङमा १०, बाजुरामा पाँच र बैतडीमा ३० जना रहेको अधिकारीले बताए ।