काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से आज भने ब्रेक लागेको छ । आइतबार र सोमबार समेत ओरालो लागेको नेप्सेमा आज सामान्य सुधार हुँदै ४१ दशमलव ८४ अङ्कले वृद्धि भएको हो । मंगलबार नेप्से २ हजार ६ सय १२ दशमलव ६५ विन्दु बन्द भएको छ ।
आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।
यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय सात, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय सात र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।
आज जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ ।