सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको तोलामा ५०० सयले बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार अर्थात सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८५० मा कारोबार भएको छ । 

जबकी सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको छ । जुन सोमबारको मूल्य पनि यही थियो ।