नेपाल टेलिकमले नेपालीहरुको महान् चाडपर्वका अवसरमा मंगलबार (असोज १९ गते)देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर शुरू भएको छ ।
उक्त अफरहरु कार्तिक २ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । यसैगरी महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने पनि जनाइएको छ ।
डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुनेछ ।
भ्वाइस सेवा अन्तर्गत रु। २५ मा १ दिन ९२४ घण्टा० प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु। ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु। ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने पनि जनाइएको छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने जनाइएको छ ।
त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।