कोरोना अपडेटः एक हजार नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

कोरोना अपडेटः एक हजार नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ५ हजार ८९३ जना  र एन्टिजेन विधिबाट ४ हजार ९८१ जना गरी कुल १० हजार ८७४ जनाको परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही सोही समयमा १ हजार जनाले कोरोना जितेका छन् । योसँगै मुलुकभर ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् एकै दिन कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो संगैं मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको मन्त्रालयले जनाएको छ । 

हाल देशभर ६ हजार ६०६ जना सक्रिय संक्रमित रहेका छन् ।