साहस उर्जाको आईपीओ आज बाँडफाँट हुँदै

साहस उर्जाको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । साहस उर्जाको आइपीओमा आज बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ। 

यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५  दशमलव ६२ गुणा धेरै हो। साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यसमा गोलाप्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। पछिल्लो समय आइपीओमा सर्वसाधारणको आकर्षण बढ्दो छ ।