कोरोना अपडेटः ९ जनाको मृत्यु, १७ हजार ६ सय सक्रिय संक्रमित

कोरोना अपडेटः ९ जनाको मृत्यु, १७ हजार ६ सय सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । देशभर पीसीआर विधिबाट ५५९८ जना र एन्टिजोन विधिबाट २६२१ जनाको परिक्षण गर्दा क्रमशः ६५९ जना र २०८ जना गरी जम्मा ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै सोही समयमा देशभर ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।