कोरोना अपडेट : १०६६ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु

कोरोना अपडेट : १०६६ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,०६६ जनामा कोरोना भाइरस नयाँ संक्रमित फेला परेका छन् । 

१० हजार १ सय १३ जनामा पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही समयमा कोरोना जित्नेको संख्या ९३८ जना रहेका छन् । योसँगै कोरोना जित्नेको संख्या ७ लाख ६६ हजार ६९६ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । २४२ जना क्वारेन्टीमा रहेका छन् ।