काठमाडौ । तीन दिनदेखि लगातार घटिरहेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार भने उकालो लागेको छ । आज नेप्सेमा ५०.५८ अंकले बढेर २६६५.९३ बिन्दुमा बन्द भएको छ ।
‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । आज दिनभर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको कारोवार भएको छ । आज ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् ।
बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । जलविद्युत् र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले बढेका छन् भने विकास बैंक समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक १.०९ प्रतिशतले वृद्धि भएको छ ।